कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको सुरुङ ६ किमि ढलान बाँकी

पुस अन्तिमसम्ममा पानी सुन्दरीजलमा ल्याउन सकिने
दीपेन्द्र विष्ट

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले सुरुङको आन्तरिक संरचना ढलान (आरसीसी) गर्न ६ किमिमात्र बाँकी रहेको जनाएको छ । २० किलोमिटरमा ढलान सकिएको र दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको आयोजनाका प्रमुख सूर्यप्रकाश कँडेलले बताए  ।

मेलम्चीको सुरुङ ६ किमि ढलान बाँकी

यही गतिमा काम भए पुस अन्तिमसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने उनको भनाइ छ ।

‘हडताललगायत कुनै बाधा– अड्चन नआए पुुस मसान्तसम्म सुन्दरीजलमा पानी आइसक्छ,’ उनले भने । तीन स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए ।

सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ । ‘मेसिन आइसकेको छ, अब केही दिनभित्र प्वाल पार्ने काम पनि हुन्छ,’ उनले भने, ‘अब खास समस्या छैन ।’ हालको मेसिनबाट भेन्टिलेटर निर्माण गर्दा वनजंगलमा क्षति नहुने उनले बताए । अम्बाथान हेडवक्र्समा समेत पनि काम तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ ।

सरकारले मेलम्चीको पानी गत असोजमै उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको थियो । तर, ठेकेदारको लापरबाहीले गर्दा काममा ढिलाइ भएको प्रमुख कँडेलले बताए । उनले याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी ल्याउने आयोजना निर्माणका लागि डीपीआर पनि स्वीकृत हुने चरणमा रहेको बताए । डीपीआर स्वीकृत हुनेबित्तिकै टेन्डर आह्वान गर्ने कँडेलले जानकारी दिए ।

मेलम्चीबाट याङ्ग्री सुरुङको लम्बाइ ९ किमि र याङ्ग्री–लार्के बीचको सुरुङको लम्बाइ करिब २ किमि छ । याङ्ग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ ।

मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी उपत्यकाका ३५ लाखभन्दा बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड लिटर मेलम्चीबाट, १७ करोड याङ्ग्रीबाट र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । हाल उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १२ करोड लिटरमात्र वितरण गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?