वडाध्यक्ष मृत फेला

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा ८ का अध्यक्ष धनबहादुर श्रेष्ठ इन्द्रावती किनारमा मृत फेला परेका छन् । इन्द्रावती पारीको बोडेगाउँको होष्टे दोभानको नदी माझमा शव देखिएको थियो । प्रत्यक्षदर्शीले शव पानीमाथि देखिएलगत्तै प्रहरीलाई खबर गरेका थिए ।

सुरुवाती चरणमा हुलिया र कपडाको भरमा वडाध्यक्ष नै भएको अनुमान गरिएको थियो । साँझ शव निकालेलगत्तै श्रेष्ठ भएको प्रहरीले पुष्टी गरेको छ ।


बिहान ३ बजे घरबाट निस्किएका ज्यामिरेका वडाध्यक्ष दिउँसो हुँदासमेत घर फर्किएनन् । परिवारले व्यापक खोजी गर्दा नभेटिएका उनको शव घोप्टिएको अवस्थामा नदीको बीचमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमलराज कर्णेलले भने, ‘आत्महत्या, हत्या या दुर्घटना जे पनि हुन सक्छ, यो कुरा थप अनुसन्धानपछि मात्रै बाहिर आउनेछ ।,’

प्रकाशित : मंसिर १, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?