कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारको आरोपी दिल्लीबाट पक्राउ

चितवन — १२ वर्षकी किशोरीलाई बलात्कार आरोप लगेका एक युवकलाई भारतको दिल्ली गुडगाउँबाट गिरफ्तार गरिएको छ । भरतपुर महानगरपालिका १३ का २७ वर्षीय राजन विकलाई चितवन प्रहरीले मंसिर १ गते शनिबार पक्राउ गरेको हो ।

कात्तिक २४ गते उनले किशोरीलाई जबरजस्ती करणी गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए ।

‘साँझ अन्दाजी साढे सात बजे राजनले ति किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर सुनसान ठाउँमा पुर्‍याएर जबरजस्ती करणी गरेको उजुरी हामीलाई प्राप्त भएको थियो,’ एसपी राठौरले भने । भोलिपल्ट मध्याह्नपछि प्रहरीमा उजुरी आएको थियो । त्यसपछि प्रहरीले खोजी गर्दा आरोपित राजन फेला पर्न सकेका थिएनन् । उनले प्रयोग गर्ने मोबाइलले बर्दघाट र बुटवल बसेको देखाएपछि राजनलाई समाउन प्रहरीले टोली बनाएको थियो ।

प्रहरी निरीक्षक गणेश पौडेलले नेतृत्वको टोलीले हप्ता दिनपछि राजनलाई समाएको हो ।

‘मोबाइल फोनको लोकेसनका आधारमा उनलाई भारतमा पुगेर समाउन सक्यौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मीले भने ।

प्रकाशित : मंसिर ५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?