कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनमा हिँडेका शिक्षक तीन घण्टा प्रहरी नियन्त्रणमा 

हरिहरसिंह राठौर

धादिङ — राजधानीमा शुक्रबार आयोजित शिक्षक आन्दोलनमा सहभागी हुन जान लागेका शिक्षकहरुलाई खानीखोला प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको छ । 

शिक्षकहरुकै पेशागत हकहितसँग सम्बन्धित अान्दाेलनका लागि धादिङवेंसीबाट काठमाडौं जाँदैं गरेका सबै राजनैतिक दल निकट शिक्षक संगठनका २२ जना प्रतिनिधिहरु चढेको बा ३ ख ४१२६ नम्बरको माइक्रोबस प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको आदेशमा प्रहरीले नियन्त्रणमा लिएको हो ।


शिक्षकहरु चढेको माइक्रो नियन्त्रणमा लिएको खानीखोलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोखरेलले स्वीकार गरेका छन् ।


नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिले शुक्रबार आयोजना गरेको आमसभामा भाग लिन केन्द्रिय, प्रदेश र जिल्ला तहमा रहेका पदाधिकारीहरु गएका थिए । ‘प्रहरीसँगको व्यापक बहस पछि माइक्रोबस जिल्ला तिर नै फर्काइयो । अरु लोकल सवारी साधनमा चढेर गन्तव्यमा जाँदैछौं,’ नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष विष्णु अधिकारीले टेलिफोनमा बताए ।


उक्त माइक्रोबसमा शिक्षक संघका ३ नम्बर प्रदेश महासचिव दिपक सिम्खडा, केन्द्रिय सदस्य भवानी तिमिल्सिना, शिक्षक संघ जिल्ला सचिव देवी छत्कुली, प्रदेश सदस्य शिवहरि अधिकारी, केन्द्रिय सदस्य गोपाल अधिकारी लगायत २२ जना शिक्षक अगुवाहरु थिए ।

प्रकाशित : मंसिर १४, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?