कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रासस

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।


उक्त ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना आज बिहान ३ बजे भएको हो ।

प्रकाशित : पुस २, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?