कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु बैठकमै दर्जन निर्णय

कान्तिपुर संवाददाता

पोखरा — मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दुई सदस्यीय मन्त्रिपरिषद्ले शुक्रबारको पहिलो बैठकमा अल्पकालीन र दीर्घकालीनरूपमा अघि बढाइने योजनाका काम गर्ने एक दर्जन निर्णय गरेको छ । 

पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्री गुरुङ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको शुक्रबारको बैठकले छोटो समयमा पूरा गर्न सकिने र समय लाग्ने गरी दुई प्रकारका योजना प्राथमिकीकरण गर्दै निर्णय गरेको हो । बैठकले प्रदेशका सबै घरमा दुई वर्षभित्र विद्युत् पुर्‍याउन उज्यालो कार्यक्रम सञ्चालन गर्ने, पाँच वर्षभित्र पोखरामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न सम्मेलन केन्द्र, अत्याधुनिक क्यान्सर, मुटुरोग र मृगौला उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको मन्त्रिपरिषदका प्रवक्ता मन्त्री बस्नेतले बताए ।

‘हाम्रो प्रदेशका ८५ प्रतिशत घरहरूमा विद्युत् पुगेको छ, अब नपुगेका ठाउँमा पनि दुई वर्षभित्र विद्युतको पहुँच पुर्‍याउन प्रदेश सरकारले काम गर्छ,’ उनले भने । बस्नेत शुक्रबारै मन्त्रिपरिषद् प्रवक्ता तोकिएका हुन् । स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालले जोड्ने, स्थानीय तहसँगको सहकार्यमा दुई वर्षभित्र सबै गाउँबस्तीमा खानेपानीको व्यवस्था गर्ने, प्रदेशभित्रका सबै भाषा र संस्कृतिको संरक्षण सम्बद्र्धन गरिने, विभिन्न जाति–जनजातिको पहिचान झल्कने गरी बहुसांस्कृतिक गाउँ स्थापनाको पनि निर्णय गरिएको मन्त्री बस्नेतले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?