कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ मेगावाटको घारखोला बन्दै

कान्तिपुर संवाददाता

म्याग्दी — अन्नपूर्ण गाउँपालिका, ६ घारको कुरिला खर्कस्थित १४ मेगावाट क्षमताको घारखोला जलबिद्युत आयोजनाको निर्माण शुरु भएको छ । म्याग्दी हाईड्रोपावर प्रालिका अध्यक्ष भरत नेपालले आयोजनाको मुहानमा सुरुङ्ग विष्फोटन गराई मार्ग निर्माण सुरु गरेका हुन । 

१४ मेगावाटको घारखोला बन्दै

कुरिलाखर्कमा बाँध बनाई ३ किमी लामो सुरुङ्गमार्गबाट १२ सय मिटर पेनस्टक पाईपमार्फत पानी ल्याएर बेनी–जोमसोम सडकको रातोपानी खण्डको पोखरेबगरमा विद्युत गृह बनाउन लागिएको हो । २०७६ मंसिर भित्र निर्माण सम्पन्न गरिने आयोजनाको २ अर्व ४१ करोड ५८ लाख लागत अनुमान गरिएको छ । आयोजनाको बैंक क्लोजरको रुपमा नेपाल मर्चेन्ट बैंकको नेतृत्वमा सहवित्तियकरण कर्जामा सहमति भइसकेको छ ।


आयोजना ‘थ्रि सि’ मोडेलमा निर्माण गरिने आयोजनाको कन्सल्टेन्ट कन्ट्याक्टर हाईड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा साउथ एशिया इन्फास्टचर रहेका छन । आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेड लगानी कर्ता कम्पनीको रुपमा रहेको छ ।


‘आयोजनाको प्रवेशमार्ग, क्याम्पसाईटहरू निर्माण भैसकेकोले हामी बाँध निर्माण देखी टनेलको इनलेट र आउटलेट दुवै तर्फबाट धामाधम खन्न सुरु गर्छौं’ आयोजनाका म्यानेजर तथा इन्जिनियर विनोद देवकोटाले भने, ‘वातावरणीय प्रभाव मुल्याड्ढन प्रतिवेदनको आधारमा स्थानीयका आवश्यकता र प्राथमिकताको आधारमा लागतर क्षमताको सीमा भित्र रही सामाजीक क्षेत्रमा सहयोग गरिनेछ ।’


८.३ मेगावाट क्षमताको विधुत खरिदविक्री सम्झौता गरेको आयोजनाले बाँध निर्माणस्थललाई ३ किमी माथी कुरिलाखर्कमा सार्दा थप भएको ५.७ मेवा विधुतको लागी सैद्धान्तिक सहमति जुटेपछि निर्माण शुरु गरेको जनाएको छ । उत्पादित विजुली ६ किमी माथी निर्माणाधिन दाना सवस्टेसनमा जोडिने छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?