कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ वर्षदेखि एउटै कार्यालयमा 

प्रकाश बराल

बागलुङ — सरकारी कर्मचारी एउटा कार्यालयमा कतिन्जेल बस्लान् ? एक, दुई वर्ष तेस्तै अझ एउटा कार्यालयमा दुइ वर्षसम्म राखेर सरुवा गर्ने चलन छ । यहाँका एक स्वास्थ्यकर्मी भने २३ वर्षदेखि एउटै कार्यालयमा कार्यरत छन् ।

२३ वर्षदेखि एउटै कार्यालयमा 

काठेखोला ४ तंग्राम स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीय टंकनाथ शर्मा यति लामो समय एउटै कार्यालयमा बसेर काम गरिरहेका छन् । उनको अहिलेसम्म कतै सरुवा पनि भएको छैन, सरुवा माग्न उनी कतै पनि गएका छैनन् ।


बागलुङ नगरपालिका ७ स्थित ढिकीचौर घर भएका शर्माले २०५२ सालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताको पदमा तंग्राम पुगेका थिए । केही समय काम गर्दै गएपछि त्यहाँका छिमेकीले राम्रो स्वागत सत्कार गरेकोले नियमित उतै बस्ने प्रबन्ध गरे । उनको पद खोप सुपरभाइजर हुँदै अहेवसम्म पुगेको छ । अहिले लामो समयको अनुभवबाट सिनियर पदमा गनिन्छन् । तर हरेक बढुवामा पनि उनले एउटै स्थान रोजेका थिए ।


दोस्रो नम्बरमा नाम निकालेकाले अहेव हुँदा पनि उनले तंग्रामलाई नै रोजेपछि निरन्तर २३ वर्षसम्म एकै ठाउँमा बसेका हुन् । अहिले उनलाई तंग्राम गाउँ आफ्नो जन्मघर जस्तै लाग्छ । ‘यहाँ आउँदा मलाई आफ्नै घरमा आएजस्तो लाग्छ, गाउँलेले पनि बाहिरको मानिस भनेका छैनन्’ उनले भने, ‘सुरुसुरुमा सरुवा भए पनि ठीकै छ जस्तो लाग्थ्यो, अहिले सरुवा हुन नपरे हुन्थ्यो भन्ने लागेको छ ।’ झन्डै ९० प्रतिशत मगर समुदाय रहेको तंग्राममा बाहुन समुदायका शर्माको दैनिकी सहजै बितेको छ । बरु उनलाई मगर समुदायकै कार्यक्रममा नियमित निम्तो आउँछ ।


कतिपय स्थानमा उनलाई समुदायभित्रकै सदस्य बनाएर पनि छलफल गराउने गरेको उनको अनुभव छ । ‘वर्षौंदेखि यहीं बस्नुभयो, हामीलाई पनि आफ्नैजस्तो लाग्छ’ वडा अध्यक्ष केशव थापाले भने, ‘काम विषेशले हामीले धेरै समय घर छाडेका छौं, उहाँले गाउँ छाड्नुभएको छैन ।’ शर्माले अहिले पनि बिरामी जाँच्नेदेखि औषधि वितरण, खोप अभियान, महिला स्वास्थ्य स्वयंसेविकाको तालिम लगायतका सबै काममा अगुवाइ गर्छन् ।


कार्यालय प्रमुखको रूपमा हेल्थ असिस्टेन्टहरू फेरिइरहने र आएकाहरू पनि पढाइका लागि बिदा लिएर हिँड्ने चलन बढी भएपछि गाउँलेले शर्मालाई नै बढी विश्वास गर्छन् । ‘हामीलाई तालिम दिने र अन्य धेरै काममा सहयोग गर्नुहुन्छ’ महिला स्वयंसेविका कमला थापाले भनिन्, ‘२२ वर्षदेखि मैले गर्ने सबै काममा साथ पाएकी छु ।’

प्रकाशित : फाल्गुन ९, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?