कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौधरी ग्रुपले नवलपरासीमा नयाँ रिसोर्ट संचालनमा ल्यायो

नारायण शर्मा

नवलपरासी — संसारकै उच्चकोटीका पाहुना भित्र्याउने लक्ष्यका साथ चौधरी ग्रुपले नवलपरासीमा सुविधा सम्पन्न रिर्सोट सञ्चालनमा ल्याएको छ ।

चौधरी ग्रुपले नवलपरासीमा नयाँ रिसोर्ट संचालनमा ल्यायो

नवलपरासीको दुम्कौलीमा गल्फ मैदानसहितको नयाँ रिर्सोट सञ्चालनमा ल्याएको हो । गल्फ कोर्टको सुविधा भएको यो रिर्सोट अन्तर्राष्ट्रिय स्तरको रहेको चौधरी ग्रुपले बताएको छ ।


रिर्सोटमा संसारभरीका गल्फ खेलाडीहरुले पाउने सबै प्रकारको सुविधा उपलब्ध रहेको ग्रुप महाप्रबन्धक नारायण श्रेष्ठले जानकारी दिए । एकैपटक ५ वटा हेलिकप्टर आवतरण गर्नसक्ने व्यवस्था भएको यो रिर्साेटमा विभिन्न देशका उच्च व्यापारीक घरानाका व्यक्ति, नेपाल स्थित विदेशी नियोगका राजदुत र कर्मचारीहरु गल्फ खेल्न आउन थालिसकेको दाबी ग्रुपको छ ।


नेपाली खेलाडीहरुलाई गल्फमा आर्कषित गर्ने गरी रिर्सोटले पहिलो चरणमा नि:शुल्क गल्फ खेल्ने व्यवस्था मिलाउनुका साथै नयाँ खेलाडीलाई एकसातासम्म नि:शुल्क गल्फ सिकाउने योजना अघि सारेको छ ।


शास्वतधामको उत्तरतर्फ संचालित यो रिर्सोट ३५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । रिर्सोट परिसरमा २५ बिगाहको जंगल रहेको छ ।


प्रकाशित : फाल्गुन ११, २०७४ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?