कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यवर्ती उपभोक्ता समिति पाँच कार्यालयमा तालाबन्दी 

नारायण शर्मा

नवलपरासी — नारायणी नदीमा माछा मार्न गएका बेला पक्राउ परेकालाई बिनासर्त रिहाइको माग गर्दै बोटे समुदायका माझीहरुले नवलपरासीका ५ वटा मध्यवर्ती उपभोक्ता समितिका कार्यालयमा तालाबन्दी गरेका छन् ।  

मध्यवर्ती उपभोक्ता समिति पाँच कार्यालयमा तालाबन्दी 

उनीहरुले मध्यबिन्दु नगरपालिकाको नन्दभाउजु, अमलटारी, लामिचौर, शिशवार र गैडाकोटमा रहेको शिख्रौली मध्यवर्ती उपभोक्ता समितिका कार्यालयमा आइतबार तालाबन्दी गरेका हुन् ।


डेढ साताअघि नारायणीमा माछा मार्ने बेला मध्यविन्दु नगरपालिका–२ कोल्हुवाका बुद्धिराम बोटे र वीरबहादुर बोटेलाई गस्तीमा रहेको निकुञ्जको सैनिक टोलीले पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा लगेको थियो ।

बोटे समुदायका ब्यक्तिहरुले राष्ट्रिय निकुञ्जअन्तर्गतका ती उपभोक्ता कार्यालयमा धर्ना समेत दिएका छन् ।उनीहरुलाई बिनासर्त छोड्नुपर्ने माग गर्दै तालाबन्दी गरेको बोटे समाजका केन्द्रीय महासचिव दीपक बाटेले बताए ।

माछा मार्नबाट बञ्चित गरे आफुहरुको जीविकोपार्जनमा समस्या हुने बोटेहरुको गुनासो छ । सानो जालले माछा मार्न पर्नेमा नदी वारपार हुने ठूलो जाल प्रयोग गरेको भेटिएकाले उनीहरुलाई समातेको सेनालाई उद्धत गर्दै नन्दभाउजु उपभोक्ता समिति अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?