कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारकर्मीको मुक्तकसंग्रह

छोटकरी

लेखनाथ — सञ्चारकर्मी सुमन केसीको पहिलो मुक्तकसंग्रह ‘श्री’ को सोमबार विमोचन गरिएको छ । वाङ्मय प्रतिष्ठान पोखराले प्रकाशन गरेको कृतिको मुक्तककारका बुबा कर्णबहादुर र आमा सरस्वती केसीले विमोचन गरे ।

सञ्चारकर्मीको मुक्तकसंग्रह

कृतिको समीक्षा गर्दै कृष्ण उदासीले गाउँका भीरपाखादेखि विदेशमा आफू श्रमिक हुँदाका दु:खलाई मुक्तकका रूपमा दर्शाइएको बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले संग्रह आवरणको प्रशंसा गरे ।


संग्रहमाथि फिल्म निर्देशक घनश्याम लामिछाने, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायल श्री, प्राज्ञ नगेनसिंह ठकुरीलगायतले बोलेका थिए । कृतिकार केसीले माया, प्रेम, सुख, दु:ख र समाजलाई चित्रित गर्ने प्रकारका मुक्तक कृतिमा समावेश भएको बताए । प्रतिष्ठानका अध्यक्ष देशभक्तसिंह कुँवरले साहित्यमा लेखकको भविष्य उज्ज्वल भएको चर्चा गरे ।

प्रकाशित : चैत्र २१, २०७४ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?