कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत्‌ सट भएर स्टेशनरीमा आगलागी

प्रतिक्षा काफ्ले

स्याङ्जा — वालिङ नगरपालिका–९ भकुण्डेस्थित ठाडो लाइनमा रहेको वी एण्ड जी बुक्स एण्ड स्टेशनरी सेन्टरमा आगलागी भएको छ । आगलागी हुदाँ पुरा रुपमा स्टेशनरीको क्षति भएको छ ।

विद्युत्‌ सट भएर स्टेशनरीमा आगलागी

विद्युत् सट भएर शनिबार राति १० बाजेदेखि लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो । वालिङ–१४ घर भई सटर भाडामा लिई स्टेशनरी गर्दै आएका भुवाप्रसाद डुम्रेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।


स्टेशनरीमा भएको सामान ८ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित : चैत्र २५, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?