कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरुदण्ड भाँचिएकालाई राहत

पर्वत — दुई वर्षअघि गोरुले हान्दा मेरुदण्ड भाँचिएर थला परेका कुश्मा २ खुर्कोटका माधव गिरीको परिवारलाई सहयोग जुटेको छ । गत चैत १० गते कान्तिपुर दैनिकमा उनका विषयमा ‘बाबु थलिएपछि परिवारको बिचल्ली’ शीर्षक समाचार प्रकाशित भएको थियो ।

मेरुदण्ड भाँचिएकालाई राहत

समाचार पढेपछि अमेरिका बस्दै आएका नेपालीहरूले १ लाख ५ हजार नगद संकलन गरि गिरी परिवारलाई पठाएका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानमार्फत कुस्मा–२ घर भई अमेरिका बस्दै आएका इन्दुराज रेग्मीको सक्रियतामा संकलित रकम शनिबार प्रतिनिधिसभा सदस्य पदम गिरीले माधवको घरमै पुगेर हस्तान्तरण गरे ।

त्यस क्रममा सांसद गिरीले माधवको वास्तविकता बुझेर सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरे । ३० वर्षीय माधव २०७२ चैतमा घरनजिकै खेत जोत्ने क्रममा गोरुले हानेर लडेका थिए । मेरुदण्ड भाँचिएका उनको उपचारमा करिव ४ लाख खर्च भएको थियो । अहिले साढे ३ लाख ऋण पुगेको पत्नी पार्वतीले बताइन् ।परिवारको आर्थिक स्थिति दयनीय रहेको अवस्था ध्यानमा राखी कुस्मा–२ खुर्कोटको वडा कार्यालयले पार्वतीलाई कार्यालय सहयोगीमा नियुक्त गरेको छ ।

घर चलाउन जागिरले केही राहत मिले पनि मासिक पारिश्रमिक अझै नतोकिएको उनले बताइन् । माधवको मेरुदण्डमा रड राखिएको छ । उनलाई सुताएरै भित्रबाहिर गराउनुपर्छ । खाना खुवाउनेदेखि शौच गराउने, नुहाइदिनेसम्मका सबै काम पार्वतीले नै गर्छिन् । जेठी छोरी सुष्मा १० वर्षकी छन् । उनैले खाना बनाउँछिन् । ७ वर्षीया बहिनी र २ वर्षे भाइको स्याहारसुसार गर्ने जिम्मा पनि सुष्माकै काँधमा छ । कुश्माका राजु पौडेलले गिरीका दुई छोरीको पढाइका लागि सहयोगी खोजी भइरहेको बताए ।

प्रकाशित : वैशाख ९, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?