कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ दिनपछि मृत भेटिए पर्यटक गाइड

गोरखा — मनास्लु पदमार्गमा गएका पर्यटक गाइड मृत अवस्थामा फेला परेका छन् । 

९ दिनपछि मृत भेटिए पर्यटक गाइड

अजिरकोट गाउँपालिका–३ का ४५ वर्षिय संसार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।


९ दिन देखि बेपत्ता गुरुङ धार्चे गाउँपालिका–७ खानेवेशीको बुुढीगण्डकी किनारमा मृत अवस्थामा फेला परेको आरुघाट प्रहरी चौकीका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।


अमेरिकन नागरिकलाई लिएर बारपाक, लाप्राक हुँदै तातोपानी जाँदै गरेका गुरुङ चैत ३० गते साँझ बाट हराएका थिए । ‘बास बसेको होटलबाटै गुरुङ हराएको जानकारी प्राप्त भएको थियो,’ प्रहरी निरिक्षक कार्कीले भने ।

मृतकको आइतबार पोष्टमार्टम भएको छ ।

प्रकाशित : वैशाख ९, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?