कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

म्याग्दीमा सुन्तला जोन

म्याग्दी — जिल्लाको विशिष्टीकृत बालीका रूपमा रहेको सुन्तला कार्यक्रमको जोन कार्यालय म्याग्दीमा स्थापना हुने भएको छ । संघीयता कार्यान्वयनसँगै सुन्तला खेती विस्तारका लागि भूमि व्यवस्थापन तथा कृषि विकास मन्त्रालयले म्याग्दीमा जोन कार्यालय राख्ने भएको हो ।

म्याग्दीमा सुन्तला जोन

‘जोनले साबिक धौलागिरीका पर्वत, म्याग्दी र बागलुङमा सुन्तलाको उत्पादन र बजार व्यवस्थापनमा किसानलाई सघाउनेछ,’ प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘म्याग्दीमा विशिष्टीकृत बालीको रूपमा सुन्तला खेती हुने भएकाले यसलाई केन्द्र मानेर सुन्तला खेतीको विकास तथा प्रवद्र्धन गरिनेछ ।’

म्याग्दीका सुन्तला व्यापारीले काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुर्‍याउन थालेपछि कृषक उत्साही छन् । ग्रामीण बस्तीसम्म सडक पहुँच पुगेपछि कृषकले सुरु गरेको व्यावसायिक सुन्तला खेतीले परम्परागत जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । यहाँका ग्रामीण बस्तीमा सडक विस्तारसँगै व्यावसायिक कृषिमा आधारित व्यवसाय वृद्धि भएको छ । सुन्तला खेतीमा राम्रो आकर्षण देखेपछि तराईबाट मारवाडी समुदायसमेत पहाडमा उक्लेर लगानी गर्ने क्रम सुरु भएको छ । ‘कोदो परम्परागत खेती हो, त्यसको सट्टा कृषकले सुन्तलाका बोटमा सुनका दाना फलाउन थालेका छन्,’ कृषि विकास कार्यालयका बागवानी अधिकृत भोजबहादुर थापाले भने, ‘सुन्तलाको खेती बर्षेनि बढेको छ । सुन्तला जातका फलफूल नै म्याग्दीको सम्भावना हो ।’

सुन्तला खेतीको अनुकूल वातावरण भएकाले कृषि विकास कार्यालयले दाना, घारपोखरे, दोसल्ले, पीप्ले, महभीर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरञ्जा, फूलबारी, बिम, ताम्ला, दोवा, भगवती, देवीस्थान र ओखरबोटलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित : वैशाख २९, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?