कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँधीखोलामा डुबेर वृद्धको मृत्यु

प्रतिक्षा काफ्ले

स्याङ्जा — आँधीखोला नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार स्याङ्जाको भीरकोट नगरपालिका-३ रिजुका ६५ वर्षका खोंचबहादुर खत्रीको आँधीखोलामा डुबेर मृत्यु भएको हो ।

आँधीखोलामा डुबेर वृद्धको मृत्यु

भीरकोट-६ बयरघारीस्थित आँधीखोलातिरमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


शुक्रबार बिहान साढे ७ बजे घरबाट औषधि लिन बयरघारी बजारतर्फ गएका खत्री दिउँसो आँधीखोलामा मृत अवस्थामा फेला परेको सापकोटाले बताए । शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ । पोस्टमार्टमपश्चात् शव आफन्तको जिम्मा लगाउने प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?