कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सालको काठसहित ५ जना पक्राउ 

प्रतिक्षा काफ्ले

स्याङजा — प्रहरीले अवैध सालको काठसहित ५ जनालाई पक्राउ गरेको छ ।

सालको काठसहित ५ जना पक्राउ 

वालिङ नगरपालिका–६ मिर्दिस्थित भित्री सडक खण्डमा सवारी चोकिङका क्रममा लु २ ख १६५ नम्बरको ट्रकमा अवैध काठ फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए ।


प्रहरीले ट्रकबाट ५५ थान सालको गोलिया, नगद एक लाख ७० हजार, ५ थान मोवाइल र लु ४० प ८१०३ नम्बरको मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा चापाकोट–१० का २४ वर्षीय अर्जुन खम्चा, ३० वर्षीय जितबहादुर आले, पाल्पा रामपुर नगरपालिका–१० का ३३ वर्षीय भिमबहादुर, २६ वर्षीय हिमलाल कुमाल र २० वर्षीय कृष्ण खाम्चा रहेका छन ।


उनीहरुलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ भने अवैध काठ इलाका वन कार्यालयमा बुझाइएको एसपी सापकोटाले बताए ।


चापाकोट क्षेत्रमा अवैध काठ तस्करी बढ्न थालेपछि प्रहरीले यस क्षेत्रमा आफ्नो उपस्थिती बढाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?