कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत पाउन झन्झट

कागजात नमिलेकै कारण सय भूकम्पपीडितले राहत लिस सकेका छैनन्

स्याङ्जा — राहत लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु पर्दा भूकम्पपीडित हैरान भएका छन् । उनीहरूले वडा कार्यालय, नगरपालिका, जिल्ला समन्वय समिति र बैंक धाउनुपर्दा हैरानी पाएका हुन् ।

राहत पाउन झन्झट

कागजात नमिलेकै कारण करिब सयजना भूम्पपीडितले राहत लिन नपाएको नेपाल बैंकको शाखाले जनाएको छ । ‘पीडितको अवस्था देख्दा र बुझदा निकै समस्या छ,’ शाखा प्रबन्धक विश्वराज अधिकारीले भने, ‘कहिले के कागज पुग्दैन, कहिले के । उनीहरूको नाममा पैसा आएको छ तैपनि भुक्तानी लिन सकेका छैनन् ।’


भूकम्पको तीन वर्ष बित्यो । पहिलो, दोस्रो गर्दै अनुदानको तेस्रो किस्ता दाबी गर्ने बेला आइपुग्दा पुतलीबजार ११ बगालथोककी ६८ वर्षीया जसोदा विकले राहतको एक रुपैयाँ पनि पाएकी छैनन् । उनका छिमेकीले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पाए । आंशिक क्षतिको नीलो कार्डधारी विकका श्रीमान्को ०७३ फागुनमा मृत्यु भयो ।

कार्ड श्रीमान्को नाममा भएकाले उनी कागजातसहित रकम बुझ्न बिहीबार बैंकको शाखा कार्यालय पुगेकी थिइन् । उनका श्रीमान्को नाममा रकम नआएको बैंकका अधिकारीले बताएपछि उनी निरास छिन् । पूर्ण क्षतिको रातो कार्डधारी पुतलीबजार १ का वृद्धिबहादुर जलारीले गत असोजमा घर निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिए । दोस्रो किस्ताका लागि बैंक आएका उनी पनि धाउँदाधाउँदै हैरान भएको बताउँछन् । ‘बैंक र नगरपालिका धाएको १५/२० दिन भयो,’ उनले भने, ‘बैंकले पैसा आएको छैन भन्छ । नगर र वडा कार्यालयले आएको छ लिन जानुस् भन्छन् ।


पैसो हात परेको छैन ।’ किस्ता वितरण सरल हुनुपर्ने बताउँछन् । भीरकोट नगरपालिका ७ सालीकोसकी गीता सुनारको कार्ड श्रीमानको नाममा छ । श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया छन् । किस्ताको रकम उनले झिक्न पाइनन् ।

प्रकाशित : असार २, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?