कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडितलाई ऋणकै चिन्ता

दमौली — बन्दिपुर देप्चेकी भूकम्पपीडित सकुन्तला लम्सालले घर पुनर्निर्माण गरेको तीन वर्ष पुग्यो । जग्गा बैंकमा धितो राखी ऋण लिएर उनले घर बनाएकी हुन् ।

भूकम्पपीडितलाई ऋणकै चिन्ता

घर बनाउँदा लागेको पाँच लाख ऋणको सावाँ र ब्याजको किस्ता तिर्न उनलाई यतिबेला मुस्किल परेको छ । ‘बैंकबाट ऋण निकालेर घर बनायौं,’ उनले भनिन्, ‘अहिले ऋणको सावाँ–ब्याज तिर्न गाह्रो भएको छ ।’ भूकम्पलगत्तै सरकारले पीडितलाई घर बनाउन सहयोग गर्ने सुनेपछि चर्को ब्याजमा ऋण लिएर भए पनि घर बनाएको उनले बताइन् । ‘घर बनेपछि बस्न त ढुक्क भएको छ तर महिना–महिनामा १६ हजार रुपैयाँका दरले किस्ता तिर्नुपर्दा निद्रा लाग्दैन,’ सरकारले दिएको अनुदानले ब्याज तिरेर बाँकी सावाँ रकम घटाएको उनले बताइन् ।

देप्चेकी मीना नेपालीले घर बनाउन बैंकबाट ६ लाख र आफन्तबाट १० लाख रुपैयाँ ऋण लिएको पाँच महिना भयो । ‘आफन्तको बिस्तारै तिरौंला भने पनि बैंकको किस्ता मासिक तिर्दै आउनुपरेको छ,’ उनले भनिन्, ‘अहिले त ऋणले गर्दा भोक–निद्रा सबै हराएको छ ।’ सरकारले सबैतिर एउटै निर्धारित रकम मात्रै घर बनाउन दिने व्यवस्थाले दुर्गम गाउँका भूकम्पपीडितलाई मर्का परेको उनले बताइन् । चारकोठे पक्की घर बनाएकी विष्णुमाया नेपालीको १८ लाख रुपैयाँ ऋण छ । ‘सरकारले दिने भनेको पैसा बेलामा आइदिएन, आफन्तबाट ऋण लिइयो,’ उनले भनिन् ।

प्रकाशित : असार ३, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?