कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्याको आरोपमा दुई पक्राउ

प्रतिक्षा काफ्ले

स्याङ्जा — पुतलीबजार नगरपालिका–३ सरादुमकी ५५ वर्षीया फुलमाया विकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

हत्याको आरोपमा दुई पक्राउ

जेठ २६ गते राति मादक पदार्थ सेवन गरेर हत्या गरेको मृतकका श्रीमान्‌ले जिल्ला प्रहरीमा किटानीसहित दिएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवत्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । डिएसपी विष्टका अनुसार पक्राउ पर्नेहरुमा मृत्तकका आफन्त छन् । मृत्तकको श्रीमान् दिबहादुरले २७ गते जिल्ला प्रहरीमा मुद्दा दर्ता गराएका थिए ।


निवेदनमा किटानी गरेपछि प्रहरीले पुतलीबजार-३ सरादुमका ४६ वर्षीय जीतबहादुर विक र पुतलीबजार २ चिरुवाका ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई पक्राउ गरेको हो । जीतबहादुरलाई घटनाको ३ पछि पक्राउ गरिएको विष्टले बताए । ‘घटनापछि राजु भन्ने टेकबहादुर फरार थियो’ उनले भने, ‘विशेष खोजतलासमार्फत १४ दिनपश्चात् मध्येविन्दु नगरपालिका-५ बासपुर भन्ने स्थानमा पक्रिएको हो ।’


स्याङ्जाबाट गएको प्रहरीको टोली र पूर्वी नवलपरासीको सहयोगमा पक्रिएको उनले बताए । पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा दर्ता गरिएको छ ।

प्रकाशित : असार १४, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?