कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रतिक्षा काफ्ले

स्याङजा — नियमित वर्षाका कारण पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । वालिङ नगरपालिका–१० स्थित गाहाखोलामा माथिबाट पहिरो खस्दा सोमबार दिउँसो साढे १२ बजे देखि राजमार्ग अवरुद्ध भएको छ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

गाहाखोलास्थित २ सय मिटर माथिबाट पहिरो खसेकाे जिल्ला प्रहरी प्रवत्ता प्रकाश बिष्टले जानकारी दिए । राजमार्गमा यातायात संचालन गराउन सडक विभागको डोजर प्रयोगमा ल्याएकाे उनले बताए ।

पहिरोका कारण सुनौली, बुटवल हुँदै पोखरा र जिल्ला भित्रै चल्ने छोटो दुरीका सवारी साधन रोकिएका छन् । टाढा पुग्ने यात्रुहरु समयमा गन्तव्य स्थान पुग्न नसक्ने हुँदा प्रहरी र स्थानीय मिलेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउनको लागि ३/४ घण्टा लाग्ने प्रहरीले जनाएकाे छ ।

प्रकाशित : असार १८, २०७५ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?