कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरपीपल कटान रोक्न रिट दायर

लेखनाथ — पोखरामा तीव्र रूपमा भइरहेको वरपीपल कटान रोक्न उच्च अदालत पोखरामा सोमबार रिट दायर भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले २२ सरकारी संस्था एवं व्यक्तिलाई विपक्षी बनाउँदै रिट दायर गरेको हो ।

वरपीपल कटान रोक्न रिट दायर

समिति अध्यक्ष रामबहादुर पौडेलले वरपीपल काट्नेविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञा, परमादेश जारी गर्न अदालतसमक्ष माग गरेका छन् । रिटमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय र मेयरलाई प्रमुख विपक्षी बनाइएको छ । वरपीपल कटान गर्ने वडा ४, ५, ६, ७, ८, ११, १३ र १८ का कार्यालय र वडाध्यक्ष पनि विपक्षी छन् । सरोकार राख्ने कार्यालयहरू जिल्ला वन, जिल्ला प्रशासन, उपत्यका नगर विकास समिति र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाइएको छ । उच्च अदालतले यस विषयमा मंगलबार पेसी तोकेको छ ।

अध्यक्ष पौडेलले वातावरणविद्, संरक्षणविद्, नागरिक समाजलगायतको सुझावपछि आदालतमा रिट दायर गरेको बताए । ‘वरपीपल नकाट्न सम्बन्धित जनप्रतिनिधिलाई पटक–पटक ताकेता गर्‍यौं,’ उनले भने, ‘केहीसीप नलागेपछि उजुरी हाल्नुपर्‍यो ।’ समितिले गरेको अध्ययनअनुसार महानगरकै सिफारिसमा दुई महिनामा ६० र गत दुई हप्तामा ३२ वरपीपल मासिएका छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?