कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने २५ विद्यार्थी पक्राउ

दीपक परियार

कास्की — प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने २५ विद्यार्थीलाई पक्राउ गरेको छ । गण्डकी प्रदेशसभाको मूल गेट अगाडि प्रदर्शन गर्ने नेविसं‌घ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थी  पक्राउ परेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने २५ विद्यार्थी पक्राउ

पक्राउ पर्नेहरुमा नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, दीपक शर्मा वाग्ले, विकास गुरुङ, समित केसी, नयाँ शक्ति विद्यार्थी युनियनका नेत्र चापागाई, रेशम सापकोटा लगायत छन् ।


बिहीबार प्रदेशसभामा प्रधानमन्त्री केपी ओलीको सम्बोधन गर्न आउने थाहा पाएपछि उनीहरु प्रदेशसभाको मूल गेट अगाडि कालो झन्डासहित विरोधमा उत्रिएका थिए । विद्यार्थीहरुले गोविन्द केसीको पक्षमा नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रदेशसभा भवन प्रवेश गर्दैगर्दा उनको विरोधमा कालो झन्डा देखाएर नाराबाजी गरेपछि विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?