विसे नगर्चीको सालिक अनावरण

हरिराम उप्रेती

गोरखा — तत्कालीन राजा पृथ्वीनारायण शाहलाई राज्य एकीकरणका बेला आर्थिक ब्यवस्थापनको विशेष सल्लाह दिने विसे नगर्चीको सालिक स्थापना गरिएकाे छ । गोरखा नगरपालिका–६ सातधुरेमा स्थापना भएको अर्धकदको सालिकको शुक्रबार अनावरण गरिएको हो ।

विसे नगर्चीको सालिक अनावरण

इतिहासलाई सम्मान गर्दै पर्यटकको आकर्षण वढाउन शालिक स्थापना गरिएको विसे नगर्ची सालिक निर्माण समितिका सचिव सोमबहादुर अच्छामीले बताए । सालिक निर्माणका लागि गोरखा नगरपालिका–५ र परियार समाजको ५ लाख गरि १० लाख खर्च भएको उनले बताए । ‘ढलोटबाट बनेको शालिक ६५ किलो तौलको छ, दुई फिट चौडा र साढे दुईफिट लम्बाइको सालिक राखेका हौँ,’ अच्छामीले भने,‘दलित समुदायबाट इतिहास रचेकाहरुको सालिक स्थापना भएको थाहा पाएका छैनौ, नेपाल एकीकरणको अभियन्ताको सालिक राख्न पाउदा गर्वको महसुस भएको छ, सालिक स्थापनाले इतिहासलाई सम्मान पनि गरेको छ ।’

डेढ रोपनी क्षेत्रलफलमा निर्माण भएको सालिक असापास बाल उद्यान तथा पर्यटक लोभ्याउन बिभिन्न संरचना बनाउने योजना रहेको अच्छामीले जानकारी दिए । सालिक स्थापना सँगै पर्यटकको गन्तब्य वन्ने र इतिहासको सम्मान हुने विश्वास लिइएको छ ।

हाल गोरखा दरबारमा नगर्ची पदमा कार्यरत भुन्टे दमै सालिक निर्माणले इतिहासलाई सम्मान गरेको बताउँछन् । ‘सालिक बनेपछि निकै रमाइलो लागेको छ,’ दमैले भने, ‘सालिकले हामी नगर्चीहरुको पनि इज्जत भयो ।’

तत्कालीन समयमा राज्य एकीकरणमा सघाउने पाण्डे, पन्त, अज्र्यालहरुको पनि यसरी नै सालिक निर्माण गर्न उनले माग गरे । ‘गोरखालाई पर्यटकीय दृष्टिले चिनाउने भनेको नै यही इतिहास हो, सालिक राखेपछि यसको बारेमा पर्यटकले सोध्छन्, थाहा पाउँछन्, अनि गोरखालीको पनि इज्जत वढ्ने भयो’ उनले भने । नगर्चीको सल्लाह पृथ्वीनाराण शाहले मानेपछि नेपाल अहिले विशाल राष्ट्र बनेको उनको बुझाइ छ ।

तत्कालीन समयमा पृथ्वीनारायण शाहको पालामा गोरखा दरबारमा पूजा हुँदा नगर्चीले नगरा बजाउँथे । उक्त प्रचलन हालसम्म पनि कायम छ । ‘२०२३ सालबाट म नहरा बजाउने काममा छु,’ भुन्टेले भने, ‘बिहान र बेलुकी पूजा हुँदा नहरा नबजाइ हुदैँन ।’

प्रकाशित : श्रावण १८, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?