कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै महिला र बालबालिका

स्याङ्जा — जिल्लाबाट बेपत्ता हुने महिला र बालबालिकाको संख्या गत वर्षको तुलनाका घटे पनि हराउने क्रम भने यथावत् छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १ सय ६ महिला र बालबालिका बेपत्ता भएका छन् ।

हराउँदै महिला र बालबालिका

बेपता हुनेमा ८७ महिला, १२ बालिका र ७ बालक छन् । हराएको भन्दै खोजतलासका लागि १ सय २ जनाको निवेदन प्रहरीमा दर्ता भएको थियो । २९ महिला, ८ बालिका र १ बालकसहित ३८ जना फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

०७३/७४ मा १ सय १० महिला, ३२ बालिका र २६ बालक गरी १ सय ६८ बेपत्ता भएका थिए भने खोजतलासका लागि १ सय ३६ जनाले निवेदन दिएका थिए । उक्त वर्ष ३९ महिला, २१ बालिका र १४ बालकसहित ७४ फेला परे । आव ०७२/७३ मा ८१ महिला, २६ बालिका र १४ बालक हराएको रेकर्ड छ ।

उनीहरूमध्ये १ सय ६ जनाको परिवारले मात्र खोजीका लागि निवेदन दिएका थिए । बेपत्ता हुनेमध्ये ४२ महिला, १६ बालिका र ९ बालकसहित ६७ जना फेला परेका थिए ।

‘हराए, खोजिदिनुपर्‍यो भनेर निवेदन दिन आउनेहरू हराएका मान्छे फेला परेपछि भन्न आउँदैनन्,’ प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘त्यसैले हाम्रा कतिपय रिपोर्ट अपडेट नै नभएका हुन सक्छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?