कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रजत विजेतालाई प्रदेशको सम्मान

पोखरा — इन्डोनेसियामा गत साता सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत पदक जितेका नेपाली पाराग्लाइडिङ टिमलाई मंगलबार गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।

रजत विजेतालाई प्रदेशको सम्मान

पहिलोपल्ट सहभागी भएर पदक दिलाएर नेपाल र प्रदेशको शिर उचो बनाएको भन्दै सामाजिक विकास मन्त्रालयले खेलाडीलाई सम्मान गरेको हो ।

रजत जितेका टिमका ५ खेलाडीलाई जनही एक लाख रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरियो । प्रशिक्षक र व्यवस्थापकलाई जनही २५ हजार प्रदान गरियो ।

खेलाडीमा टिम क्याप्टेन विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् । मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउत पनि सम्मानित भए ।

उनीहरूलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सम्मान र पुरस्कार वितरण गरेका थिए । प्रदेश मन्त्रिपरिषदो गत बुधबार बसेको बैठकले उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

एसियाली सहभागी भएर महिलातर्फ छैटौं स्थानमा रहेका खेलाडी त्रिशा श्रेष्ठ बम्जन, प्रतिभा भुजेल र सबिता तामाङलाई पनि सम्मान गरियो । मुख्यमन्त्री गुरुङले यस खेलको विकासमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाए । मन्त्री पुनले लगानी बढाउने जानकारी गराइन् । मन्त्रालयका सचिव कृष्णमुरारि न्यौपानेले खेल नीति र योजनाबारे बताए । प्रदेश सरकारले केही समयअघि क्रिकेटर करण केसीलाई पनि १ लाखसहित सम्मान गरेको थियो ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?