कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता युवकको १९ दिनपछि शव फेला 

माधव अर्याल

पाल्पा — १९ दिनदेखि बेपत्ता युवकको शव शुक्रबार फेला परेको छ । तानसेन नगरपालिका–१ भुसालडाँडा घर भएका ३६ वर्षीय सुनिल क्षेत्री घर नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएका हुन् । 

बेपत्ता युवकको १९ दिनपछि शव फेला 

युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको घरदेखि सय मिटर टाढाको खल्लुकधारा खोल्सामा शव भेटिएको प्रहरीले जनाएको छ । उनका बुबाले कपडा र अन्य शरीरको भाग देखेपछि सुनिलकै भएको पत्ता लगाएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए ।


भदौ ११ गते बिहान घरबाट हिडेका उनी त्यसयता घर फर्केका थिएनन् । बाबु चन्द्र केसीले पाल्पा र रुपन्देही प्रहरीमा खोजतलास गरी पाउँ भन्दै निवेदन दिएका थिए । बुटवल, भैरहवा गइरहने भएकाले प्रहरीमा खोजीका लागि निवेदन दिएको बाबु केसीले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?