कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालको शवगृहमा चिस्यान केन्द्र

गोरखा — गोरखा अस्पतालमा परिसरको शवगृहमा सुविधासम्पन्न शव चिस्यान केन्द्र निर्माण भएको छ । श्रीपाली बस्नेत समाजले १२ लाखको लागतमा निर्माण गरिदिएको हो । नयाँ भवनमा ६ वटा शव राख्न सकिन्छ ।

अस्पतालको शवगृहमा चिस्यान केन्द्र

केही दिन राख्नुपरे पुरानो भवनको जस्तो दुर्गन्ध बाहिर जाँदैन । बाहिर २०४२ सालमा निर्माण भएको शवगृह भवन जीर्ण थियो । गत आर्थिक वर्ष अस्पतालले नयाँ भवन निर्माण प्रक्रिया सुरु गरे पनि पूर्णता पाएको थिएन । नयाँ भवनमा ‘इक्युपमेन्ट’ जडान गर्ने जिम्मा गत चैतमा समाजले लिएको थियो ।


‘हामीले मार्बल बिच्छ्याउने, सिमेन्ट ढलान गर्ने र एसीलगायतका उपकरण जडान गरिदियौं,’ समाजका अगुवा होमसिं बस्न्यातले भने । गत चैतबाट उक्त शवगृहमा रहने उपकरण जडान र बाँकी संरचना निर्माणको काम समाजले सुरु गरेको थियो । सबैको सहयोगले सुविधासम्पन्न शवगृह निर्माण हुनसकेको समाजका जिल्ला अध्यक्ष विनोद बस्न्यातले बताए । सोमबार उक्त केन्द्र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा अस्पताललाई हस्तान्तरण गरे । केन्द्रलाई ब्यवस्थित तवरले सञ्चालन गर्ने गोरखा अस्पतालका प्रमुख श्रीराम तिवारीले बताए ।


‘अबको केन्द्रमा ५/६ डिग्री सेल्सियसमा तापक्रम मिलाएर शव राखे दुर्गन्ध बाहिर जाँदैन,’ उनले भने । पोस्टमार्टम गर्ने छुट्टै ठाउँ भएकाले सफा गर्न पनि कुनै समस्या नरहेको उनले बताए । विद्युत् सेवा अवरुद्घ हुँदा जेनेरेटर चलाएर पनि केन्द्रमा तापक्रम सन्तुलित राखिने अस्पतालले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?