कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पसल हिडेकी बालिका मृत भेटिइन  

दीपक परियार

लेखनाथ — सोमबार साँझ घर नजिकैको पसलमा गएकी १० वर्षीया बालिका मृत फेला परेकी छन् । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा १० वर्षीया श्रेया सुनार मृत भेटिएकी हुन् । 

पसल हिडेकी बालिका मृत भेटिइन  

सोमबार साझ साढे छ बजेतिर घरबाट हराएकी बिस्कुट किन्न जाने भनेर निस्के पछि उनी बेपत्ता भएकी थिइन् । आफन्तले राति सम्म खोजी गर्दा भेटाउन सकेको थिएन ।


मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देख पछि प्रहरीलाई खबर गरेका थिए । घरबाट ५० मिटर टाढा झाडीमा शव भेटिएको हो ।

उनकाे निधारमा ढु‌ंगाले हानेर हत्या भएकाे अनुमान गरिएकाे छ । शवकाे छेउमा रगत लागेकाे ढु‌ंगा भेटिएकाे छ ।

बाबुले दाेस्राे बिहे गरे पछि उनी अामासँगै मामा घरमा बस्दै अाएकी थिइन् । बिरामी रहेकी अामा बेले बिक गत बुधबारमात्रै उपचार गराएर घर गएकी थिइन् । बिककाे घर पुम्दीभुम्दीमै घटनास्थल भन्दा अाधा घण्टा टाढा पर्छ ।

मामा घरबाट पसलतिर जाने बाटाेमा पर्ने खाेल्सा छेउकाे झाडीमा शव भेटिएकाे हाे । स्थानीयले बलात्कार गरेर हत्या गरेकाे हुनसक्ने अनुमान गरेका छन् ।

उनी लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । घटना बारे अनुसन्धान भइरहेको कास्की प्रहरी पवक्त डीएसपी रबीन्द्रमान गुरुङले बताए ।

प्रकाशित : आश्विन ९, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?