कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीका थाप्न माइत हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु 

घनश्याम खड्का

म्याग्दी — दसैंको टीका थाप्न माइती हिँडेकी एक महिलाको माइती गाउँनजिक भीरबाट लडेर मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ७ दोसल्ले घर भई दसैंको टीका थाप्न माइती रघुगंगा गाउँपालिका ६ कोटगाउँ जाँदै गरेकी २६ वर्षीया सुस्मा पुनको मृत्यु भएको हो ।

टीका थाप्न माइत हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु 

प्रहरीका अनुसार कात्तिक २ गते विजया दशमीको दिन साँझ ६:३० बजे माइतीघरदेखि करिब ५ सय मिटर तल धारेगौडाको भीरबाट लडेर मृत्यु भएको हो ।


घरमा दसैंको टीका लगाई माइतीमा टीका थाप्न हिँडेकी सुष्माका श्रीमान् विष्णुबहादुर पुन ६ वर्षीया छोरी बोकेर अघिअघि र सुस्मा पछिपछि थिए । सुष्मा माइतीघरमा टीका थाप्न तिप्ल्याङ्गबाट बसमा बेनी आई बेनीबाट अर्को गाडीमा पाखापानीसम्म पुगेपछि पैदलै माइती जानेक्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ । ‘घरमा दसैंको टीका थापेर परिवारसहित माइती जाने क्रममा एक महिलाको मृत्यु भएको छ’ प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘यस दसैं अवधिभर एउटा दुखद् घटना भयो ।’

प्रकाशित : कार्तिक ३, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?