कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेक लागेर मृत्यु

लालप्रसाद शर्मा

पोखरा — मनाङको तिलिचो ताल घुम्न निस्किएका एक पोखरेली युवकको लेक लागेर मृत्यु भएको छ । पोखरा ३३ का सरोज अधिकारीको मृत्यु भएको हो ।

लेक लागेर मृत्यु

दसैंको बेला घुम्न गएका उनलाई तिलिचो पुगेपछि लेक लागेको थियो । लेक लागेर बिरामी परेका उनलाई बुधबार बिहान हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पोखराको मनिपाल शिक्षण अस्पताल पुर्‍याईएको थियो ।


उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?