रारा भ्रमणमा गएको चापाकोटको मेयरको टोलीले कालीकोटमा रक्सी पिएर गर्‍यो झगडा, मेयरसहित केही घाइते

प्रतिक्षा काफ्ले

स्याङजा — सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् ।

बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली शनिबार बेलुका रारा ताल पुगेर फर्किएपछि कालीकोटको स्थानीय एक होटलमा झगडा हुँदा गिरीको टाउकोमा चोट लागेको छ । झगडामा घाइते भएका गिरीको टाउकोमा चोट लागेको कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

Yamaha


प्रजिअ कार्कीका अनुसार गिरीलाई जिल्ला अस्पताल कालीकोट राखिएको छ । उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ । यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले टेलिफोनमार्फत जानकारी दिए ।

प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।

उनका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । ‘राति दुई बजे भएको झगडामा घाइतेलाई हस्पिटल लगियो भने अन्यलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ,’ उनले भने, ‘गल्ती दुवै पक्षको छ । दुवै पक्षको सहमतिमा अगाडी बढ्छौं ।’ उनले दुवै पक्ष बाहिरी जिल्लाको भएकाले उनीहरुको सहमतीमा कारबाही गरिने बताए ।

स्याङजा कामु प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रारा भ्रमण गएका चापाकोट नगरपालिकाको टोलीबीच भएको झगडाबारे यर्थाथ बुझ्न बाँकी रहेको बताए । उनका अनुसार कालीकोट प्रजिअमार्फत मादक पदार्थ सेवन गरेर रातभर झगडा गरेको सूचना आएको र यर्थाथ बुझ्ने काम भइरहेको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ ११:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पीपीएलः चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चितवनले आइतबार भएको इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो । टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलको एकै ओभरमा ३ विकेटपछि १९.३ ओभरमा ९४ रनमा धराशयी भएको थियो । पोखरा रंगशालाको क्रिकेट मैदानमा चितवनले १८.२ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

चितवनले मंगलबार हुने फाइनलमा पोखरा पल्टनको सामना गर्नेछ । पोखरा राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रही सिधै फाइनलमा पुगिसकेको छ ।

चितवनलाई विजय दिलाउने क्रममा स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरे ।

चितवनको सुरुवात राम्रो रहेने । अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए ।

काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए ।

यसअघिचितवन राइनोजले नमस्ते पोखरा प्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा पुग्न ९५ रनको लक्ष्य पाएकोथियो । आइतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हुलास काठमाडौं रोयल्स इलिमिनेटरमा १९.३ ओभरमा ९४ रनमा अल आउट भयो ।

सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिँदै काठमाडौंलाई धराशायी बनाए। काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए।

काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे। खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए।

सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए। अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए।

भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए। करण केसी र कप्तान पारस खड्काको नाममा १/१ विकेट रह्यो।

यस खेल जित्ने टोलीले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनको प्रतिस्पर्धामा चितवनले काठमाडौंमाथि १३ रनको विजय हात पारेको थियो।

प्रकाशित : कार्तिक १८, २०७५ १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT