नवलपरासी — नवलपरासीमा बिहीबार बिहान भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाङबाट काठमाडौं जादैँ गरेको ना ६ ख ६२०१ नम्बरको बस कावासोती बजारको सितारा रिर्सोट अघिल्तिर पल्टिएको हो ।
दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि भरतपुर पठाइएको छ ।
अन्य १४ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार गरिएको छ । चालक निदाएका कारण बस पल्टिएको प्रहरीको भनाई छ ।