कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विप्लवका कार्यकर्ता रिहा

काठमाडौँ — गोरखा नगरपालिका–६ हरमटारी चोकमा ब्यानर र पर्चा टाँस्दै गरेको अवस्थामा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता छुटेका छन् । 

सोमबार दिउँसो नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल सहित अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष सुसान्त सुवेदी र जिल्ला सदस्य जिवन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


सामान्य सोधपुछ गरेर उनीहरुलाई रिहा गरिएको एसपी विमल बस्नेतले बताए । ‘गैरसंवैधानिक काम गरेको आशंकमा केहिबेर नियन्त्रणमा लिएका थियौँ, सामान्य सोधपुछ गरेर छाड्यौँ,’उनले भने ।


मंसिर आठ गते काठमाडौंमा हुने जनसभाको प्रचारको र पोष्टर टाँस्दै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : मंसिर ३, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?