लागूऔषधसहित दुई पक्राउ

लालप्रसाद शर्मा

पोखरा — पोखरा महानगरपालिका ११ तुल्सीमार्गमा ठूलो मात्रामा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा ९ का उदयकुमार गुप्ता र तनहुँ ब्यास नगरपालिका ११ का गीता भन्ने मनु गुरुङलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट ४०४ डाईजेपाम, ३९१ नुर्फिन, ३८१ थान फेनरागन र २४ बोत्तल फेन्सीडिल बरामद भएको प्रहरीले जनाएको छ ।


गुप्ताले चलाएको ग२च ८३६३ नम्बरको कार चेक गर्ने क्रममा उक्त लागूऔषध भेटिएको हो । २ लाख ४२ हजार नगदसमेत बरामद भएको र अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।


प्रकाशित : मंसिर ५, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?