कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भित्री सडक फराकिलो पारिँदै

स्याङ्जा — पुतलीबजार नगर क्षेत्रको भित्री सडक फराकिलो बनाउन सुरु गरिएको छ । यसका लागि नगरभित्रका १३ सय मिटर भित्री सडकखण्डमा रहेका घर, भवन, चौतारा, सरकारी कार्यालय लगायतका पेटी भत्काउन सुरु गरिएको हो । 

भित्री सडक फराकिलो पारिँदै

सहिद चोकबाट बैंकरोड हुँदै जिल्ला प्रशासन, टुँडिखेल र जिल्ला अदालत हुँदै ठाडो लाइन, कारागारदेखि आँधीखोलासम्म र अभियानपथ, विष्णुपँधेरा, मालेबगरसम्म सडक फराकिलो बनाउने र पिच गर्ने योजना रहेको पुतलीबजार–१ का वडाध्यक्ष निर्मलकुमार शेरचनले बताए ।


‘मापदण्डभित्र परेका घर र कार्यालयका पेटी भत्काउन सुरु गरेका छौं,’ उनले भने, ‘सडक साह्रै साँघुरो छ । सडक चक्ल्याउने योजना पुरानै हो ।’ सहरी विकास मन्त्रालयअन्तर्गत गत वर्ष नै टेन्डर निकालेर काम अगाडि बढाइएको उनले बताए ।


नगरपालिकाले केही वर्षअघि पनि प्रगतिनगर बजारतर्फका भित्री सडकमा मापदण्डभित्रका संरचना भत्काएको थियो । तर, मुख्य बजार क्षेत्रको काम अघि बढेको थिएन । सहरी विकास कार्यालय पोखराले निर्माणको प्रत्यक्ष रेखदेख गर्ने वडाध्यक्ष शेरचनले बताए ।


सडक मर्मतका लागि मन्त्रालयले ६ करोड रुपैयाँमा टेन्डर गरेको हो । गजेन्द्र निर्माण सेवालाई ठेक्का परेको छ । पहिलो चरणमा बालमन्दिर चोकदेखि भीमसेन चोकसम्म मापदण्डभित्रका संरचना भत्काइएको छ । सडक निर्माणको काम एक वर्षभित्र सक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख सीमा क्षत्रीले बताइन् ।


सडक निर्माणसँगै नाली, फुटपाथ र ढल निर्माण गरिनेछ । सहिद चोकदेखि बैंकरोड र जिल्ला प्रशासन कार्यालय आउने सडक नालीबाहेक ७ मिटरको कायम हुने वडाध्यक्ष शेरचन बताउँछन् । ठाडोलाइन, अदालत, कारागार चोक हुँदै आँधीखोलासम्म जोड्ने सडक नालासहित ६ मिटर कायम रहने छ भने अभियानपथ हुँदै कांग्रेस पार्टी कार्यालयसम्म पुग्ने सडक ५ मिटर कायम रहने वडा कार्यालयले जनाएको छ ।


यस्तै विष्णुपँधेरादेखि मालेबगर जाने बाटो पनि यही योजनाअन्तर्गत पिच गरिनेछ । ‘सडकमा ६७ वटा सोलार बत्ती राखिनेछ,’ वडाध्यक्ष शेरचनले भने, ‘एकपटक बनाइएका भित्री सडकहरू बारम्बार बनाइँदैन । राजमार्ग आसपासका घरका पेटी भत्काइने भए पनि भित्री सडकमा रहेका घरपेटी बारम्बार भत्काइँदैन । यसकारण टिकाउ हुने गरी राम्रोसँग मर्मत गर्ने योजना छ ।’


स्थानीयबासी र नगरपालिकाको विवादका कारण यसअघि सडक विस्तारको काम रोकिएको थियो । नगरपालिकाले पहिले नै भित्री सडकखण्ड विस्तार गर्ने योजना बनाए पनि स्थानीयले घर भत्किने डरले डोजर लगाउन दिएका थिएनन् । यसपटक सडक विस्तारका लागि स्थानीयवासी सहमत छन् ।

प्रकाशित : मंसिर २७, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?