कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूससहित सहायक वन अधिकृत पक्राउ

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका ७ मंगलाघाटस्थित सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

घूससहित सहायक वन अधिकृत पक्राउ

उनले काठसम्बन्धी मुद्दा झेलिरहेका सेवाग्राहीलाई कार्यालयसँगै रहेको आवासमा बोलाई मुद्दा मिलाइदिने आश्वासनसहित ३३ हजार घूस लिएका थिए ।


सेवाग्राहीले वन अधिकृत ठाकुरले दु:ख दिने र रकम असुल्ने नियतले आफ्नो काठ समाई बार्गेनिङ गरिरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरालाई दिएका थिए । सवडिभिजन वन कार्यालय काठसम्बन्धी मुद्दामा आर्थिक लेनदेनमा बार्गेनिङ भइरहेको सूचनाको आधारमा छापा मार्दा सहायक वनअधिकृत ठाकुर रंगेहात पक्राउ परेको आयोग पोखराका सूचना अधिकृत रमेश ढकालले बताए ।

प्रकाशित : पुस ५, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?