कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय भवन उद्घाटन

गोरखा — सहिद लखन गाउँपालिका ८ बुंको स्थित रामेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । 

विद्यालय भवन उद्घाटन

नेपालका लागि जापानका राजदूत किकुता युटाकाले बिहीबार एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन् । जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक तथा चाइल्ड फन जापानको प्राविधिक सहयोगमा एकीकरण नेपालले विद्यालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत असारमा शिलान्यास गरिएको थियो ।

चार कोठे बालमैत्री भवन एक करोड ८५ लाख ३३ हजार रुपैयाँ लागतमा निर्माण भएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । रामेश्वरी माविमा भवन सहितका संरचना निर्माणका लागि भने दुई करोड ८९ लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।

भूकम्प प्रतिरोधी चार कोठे भवन निर्माणका लागि एक करोड ८५ लाख ३३ हजार, खानेपानी धारा निर्माणका लागि दुई लाख दुई हजार, घेराबार, टेवा पर्खाल, फूलबारी निर्माणका लागि ८८ लाख ४० हजार, कक्षा कोठा व्यवस्थापनका लागि ६ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ ।

२०७२ वैशाख १२ को भूकम्पपछि रामेश्वरी माध्यमिक विद्यालयमा १२ कोठे भवन निर्माण भएको थियो । कक्षा कोठा अभाव भएपछि थप चार कोठे भवन निर्माण गरिएको हो ।

नयाँ भवन बनेसँगै पठनपाठन र शैक्षिक विकासमा सहयोग पुग्ने अपेक्षा रहेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए ।

प्रकाशित : चैत्र १५, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?