कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाको गाडीमा हात्ती आक्रमण

कमल पन्थी

गुलरिया — हात्ती धपाउन निस्केको सेनाकाे जिपमा क्षति भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको अम्रेनी गाउँमा हात्ती धपाउन पसेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेपछि क्षाति भएको हो ।

जिपमा तीन जना सेना, निकुञ्जका दुई कर्मचारी र चालक सवार थिए ।


हात्ती आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोक कुमार भण्डारीले जानकारी दिए ।


प्रकाशित : फाल्गुन १२, २०७४ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?