कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी पीडितद्धारा विरोध प्रदर्शन 

कमल पन्थी

गुलरिया — राहत वितरणमा पक्षपात गरेको भन्दै बबई बाढी पीडित संघर्ष समितिले गुलरियामा विरोध प्रदर्शन गरेको छ । 

बाढी पीडितद्धारा विरोध प्रदर्शन 

आईतबार ७/८ सयको संख्यामा आएका पीडितहरुले राहत वितरणमा जनप्रतिनिधिले पक्षपात गरेर भन्दै जिल्ला प्रशासन कार्यालयको मुख्य गेटमा प्रदर्शन गरेका हुन् ।


संघर्ष समितिका संयोजक लक्षमण बिकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारको न्यूनतम् मापदण्डभन्दा बाहिर गएर राहत वितरण कार्यमा संलग्न हुनेहरुलाई कारवाहीको माग गरिएको छ ।


यस्तै, गुलरिया—९का वडाध्यक्ष हरीप्रसाद पासीले बाढीबाट प्रभावित नभएकालाई राहत वितरण गरिएको भन्दै छानबिन गरी कारवाहीकालागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।


प्रकाशित : फाल्गुन १३, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?