कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चरेससहित महिला पक्राउ

काशीराम डाँगी

रोल्पा — राेल्पामा २ किलाे चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

चरेससहित महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय राेल्पाबाट खटिएको टोलीले सदरमुकामको सोलाबाङ बसपार्क माथिकारे चिउरीबोट टोलबाट ४१ वर्षीया शर्मा विश्वकर्मालाई २ किलो ७ सय ग्राम चरेस सहित शनिबार पक्राउ गरेको हो ।


उनलाई लागूपदार्थ ओसारपोसार ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

प्रहरीले पछिल्लो समय रोल्पामा चरेसको उत्पादन, ओसारपसार र बिक्री वितरण गर्नेको संख्यामा बृद्धि भएको आशंका गरेकाे छ । रोल्पा, रुकुम, बागलुङ लगायतका जिल्लामा लागूपदार्थ चरेसको उत्पादन, ओसारपसार र बिक्रीवितरण हुने गरेको सूचना पाएपछि खोजी अभियान कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७४ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?