कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखु छाडेर केरामा

परासी — उखुमा बजार र मूल्यको अनिश्चितता बढेपछि नवलपरासीका किसान केरा खेतीतर्फ आकर्षित भएका छन् । उखु उत्पादनको मुख्य केन्द्रका रूपमा चिनिएको दक्षिणी भेगका किसानले पछिल्लो केही वर्षबाट उखुको क्षेत्रफल घटाउँदै केरामा विस्तार गरेका हुन् ।

उखु छाडेर केरामा

प्रतापपुरका पप्पु हरिजनले वर्षौंदेखि १५ कट्ठामा उखु लगाउँदै आएका थिए । पहिले उद्योगले समयमै भुक्तानी दिने, नजिकैको तौल केन्द्रमा तौलने र लैजाने गथ्र्यो । पछिल्लो ५ वर्षयता भने किसानलाई विभिन्न बहाना बनाएर ठग्ने तथा भुक्तानीमा आनाकानी गर्ने र सस्तो भाउ लगाएपछि आफ्नो मेहनतसमेत नउठेको भनाइ छ ।

अन्य खेती गरेर खान मात्र पुग्ने तर नगद रकम हातमा नपर्ने भएपछि घरखर्च धान्न र छोराछोरी पढाउनै समस्या पर्ने भन्दै केरातर्फ लागेको उनले बताए । केरा लगाएपछि उनलाई बजारको समस्या छैन । थोक र खुद्रा जसरी बेचे पनि हुने भएपछि उखु छाडेर केरालाई किसानले सुरक्षित ठानेका छन् । अहिले १० कट्ठामा केरा र ५ कट्ठामा उखु लगाएको गुप्ताले बताए । आगामी वर्ष केरा खेती थप गरेर उखु पूरै छाड्ने तयारी उनले गरेका छन् ।

‘उखु खुद्रामा बिक्री गरेर सम्भव नहुने भएपछि उद्योगीले किसानलाई हेप्न थाले, केरा त म आफैं घरघर लगेर बेच्न सक्छु नि,’ उनले भने, ‘नाफा पनि उखुमा भन्दा केरामै बढी छ ।’यस क्षेत्रका अधिकांश किसानले उखु पूरै विस्थापित नगरे पनि नमुनाका लागि केरा खेती गरेर अर्को वर्षदेखि व्यावसायिक बनाउने सुरमा छन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिँदा पनि वर्षाैंसम्म भुक्तानी दिँदैन ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?