कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाहरुमा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाई

दुर्गालाल केसी

दाङ — दाङका विभिन्न खोलाहरुमा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । तुलसीपुर–घोराही–लमही सडक खण्डका खोलाहरुमा पानीको सतह बढेपछि साना सवारी साधन सञ्चालनमा समस्या भएको छ ।

खोलाहरुमा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाई

घोराही–तुलसीपुर सडक खण्डका ग्वार र गुर्जे खोलामा बाढी आएपछि नियमित यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताए । पानीको सतह घटबढ भइरहेकाले यातायात खुल्ने र बन्द हुने क्रम चलिरहेको उनले जानकारी दिए ।


अन्य खोलामा पनि बाढी आएपछि जीप, कार, मोटरसाइकल जस्ता साना सवारी साधनलाई पार गर्न कठिन भएको छ । यात्रुहरु ठूला गाडीमा मात्रै यात्रा गर्न बाध्य छन् । खोलाहरुमा पुल निर्माण गर्न ढिलाई भएपछि बाढीले सास्ती भएको छ ।


ग्वार, पत्रे, गुर्जे, कटुवा र बबई खोलामा पुल निर्माणका क्रममा सडक भत्काएपछि यातायात जोखिमपूर्ण भएको छ । बाढीले डाईभर्सनहरु बगाइदिएपछि गाडी पार गराउन कठिन भइरहेको छ ।


राप्ती र बबई नदीमा पनि पानीको सतह बढेपछि आसपासका बासिन्दा त्रसित भएका छन् । बबई गाउँपालिका-५ स्थित ट्वाङ खोलामा बाढीले बस बगाएको छ । बबईबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख १८६१ नम्बरको बस खेलामा बिग्रिएपछि पानीको सतह बढेर बगाएको हो ।


बसमा क्षती भएपनि यात्रुहरु सबै पहिले नै निस्किसकेकाले केही समस्या नभएको डीएसपी घर्तीले बताए ।

प्रकाशित : असार १८, २०७५ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?