कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भौतिक पूर्वाधार प्राथमिकतामा

माथागढीको बजेट

पाल्पा — माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारलाई जोड दिएको छ । उसले पुँजीगत खर्चतर्फ १३ करोड ८९ लाख २१ हजार रुपैयाँ छुटयाएको छ, जुन कुल बजेटको ३५ दशमलव २५ प्रतिशत हुन्छ ।

भौतिक पूर्वाधार प्राथमिकतामा

यो रकम सडक, पुल, सिँचाइ, भवन तथा सहरी विकास, ऊर्जा, लघु तथा साना जल विद्युत्लगायत क्षेत्रमा खर्च गरिने गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए । पूर्वाधार विकासअन्तर्गत ५ करोड ४१ लाख ५ हजार रकम विनियोजन गरिएको छ ।

आव ०७५/७६ को नीति, कार्यक्रम तथा बजेट सोमबार सार्वजनिक गर्दै अध्यक्ष थापाले दोस्रो गाउँसभाबाट ३९ करोड ४१ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरे । माथागढीमा चालू खर्चतर्फ २५ करोड ५१ लाख ८६ हजार रहेको उनले बताए ।

गाउँपालिकाको आन्तरिक तर्फको आम्दानी ५३ लाख २० हजार रहेको छ । संघीय सरकारतर्फबाट वित्तीय समानीकरण अनुदान ८ करोड ९९ लाख रहेको छ भने सशर्त अनुदान १४ करोड ५९ लाख छ । राजस्व बाँडफाँटबाट ६ करोड ९६ लाख ५१ हजार उठने अपेक्षा छ । सामाजिक सुरक्षा भत्ता ५ करोड ५० लाख विनियोजन भएको छ । प्रदेश सरकारतर्फबाट राजस्व बाँडफाँटमार्फत ५७ लाख ५७ हजार आउने अनुमान छ ।

चालु वर्षमा भने १६ करोड ४६ हजार पुँजीगत खर्च भएको छ । ‘विकास योजनामा १५ प्रतिशत लागत सहभागिता अनिवार्य बेहोर्ने नीति लिइएको छ,’ उनले भने, ‘उपभोक्ता समितिलाई समेत कडाइका साथ काममा लगाइने योजना बनेको छ । जसले काम गरेर सम्पन्न गर्दैन, उसलाई अर्को योजना दिइने छैन ।’ सडक, खानेपानी, सिँचाइ, विद्युत्जस्ता भौतिक पूर्वाधारका काममा अधुरा योजनालाई बढी प्राथमिकता दिइने उनले बताए ।

भूकम्प प्रतिरोधी घर बनाउने नीतिअन्तर्गत सिकर्मी डकर्मीलाई तालिम दिइसकिएको छ । गाउँपालिकाले साना सिँचाइ आयोजना आफैं सञ्चालन गर्ने र ठूला आयोजनाका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने उनले बताए । आगामी वर्षका लागि सामाजिक विकासलाई समेत ध्यान दिइएको छ । सामाजिक विकासअन्तर्गत ५ करोड ३१ लाख ७० हजार रकम विनियोजन गरिएको छ ।

प्रकाशित : असार २७, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?