कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्पले टोकेर एकको मृत्यु

दाङ — सर्पले टोकेर मंगलबार दाङमा एक जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अबस्थामा सर्पले डसेर बबई गाउँपालिका ४ हापुरेका २५ वर्षीय देवराज आलेको मृत्यु भएको हो ।

सर्पले टोकेर एकको मृत्यु

सोमबार राती सर्पले डसेपछि गम्भिर बिरामी भएका आलेको उपचारका क्रममा मंगलबार विहान राप्ती अञ्चल अस्पताल घोराहीमा मृत्यु भएको हो ।


सोमबार मात्रै तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराका चार बर्षीय कमल बिकको पनि सर्पको टोकाईबाट मृत्यु भएको थियो । सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सँगै सर्पले डसेर बिरामी परेकी उनकी ११ वर्षीया दिदी अनिता बिकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भैरहेको छ ।


प्रकाशित : श्रावण १, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?