कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करणीको आरोपमा ८२ वर्षीय खत्री पुर्पक्षका लागि जेल चलान

दुर्गालाल केसी

दाङ — तीन बालिकालाई लामो समयदेखि करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ का ८२ वर्षीय रामु खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

करणीको आरोपमा ८२ वर्षीय खत्री पुर्पक्षका लागि जेल चलान

वैशाख ८ देखि असार २४ गतेसम्म मिठाई खान दिन्छु भनी कोठामा लगेर पालैपालो करणी गरेको अभियोगमा पक्राउ परेका खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलबार अन्तिम फैसला नहुँदासम्म कारागार राख्न आदेश दिएको हो । खत्री घोराही कारागार चलान भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।


प्रकाशित : श्रावण ९, २०७५ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?