कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

बिजुवारमा खेल मैदान

कान्तिपुर संवाददाता

प्यूठान — जिल्लाको मध्यभागमा रहेको खेलकुद मैदान मर्मत भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्मार्फत आएको १५ लाख रुपैयाँ लागतले प्यूठान नगरपालिका ४, बिजुवारस्थित खेलकुद मैदान सुधार गर्न थालिएको हो ।

बिजुवारमा खेल मैदान

उपभोक्ता समितिमार्फत निर्माणको काम अगाडि बढाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम थापाले बताए । ‘समितिको सक्रियतामा मैदान सुधार भइरहेको छ,’ थापाले भने, ‘पानी नजम्ने गरी माटो ‘फिलिङ’ गरेर दूबो लगाउँदै छौं ।’

विभिन्न समयमा गरी समितिमार्फत झन्डै ५० लाख रुपैयाँ मैदान निर्माणमा खर्च भइसकेको थापाले जानकारी गराए । उनले प्रदेशबाट यस वर्ष खर्च गर्ने गरी ७५ लाख रुपैयाँ बजेट परेकाले अत्याधुनिक ‘स्टेडियम’ निर्माण गरिने जानकारी गराए ।

बिजुवारको खेलकुद मैदान सुधार गर्नुपर्छ भन्ने आमप्यूठानीको चासो भएकाले काम गर्न सहज भएको थापाको भनाइ छ । ‘खेल मैदान निर्माणको सबै काम पूरा भए जिल्लामा खेलकुदका गतिविधि बढ्ने अपेक्षा गरेका छौं,’ उनले भने, ‘खेल मैदान प्रदेशस्तरकै राम्रो छ भन्ने गरी निर्माण गरिरहेका छांै ।’ मैदानमा पानी जम्ने भएकाले बाहिरबाट माटो ल्याएर सम्याउने काम भइरहेको छ । खेल मैदानमा माटो राखेर लाइट लोडरले पेलेर राम्रो बनाएको निर्माण समितिका अध्यक्ष हेमराज कार्कीले बताए ।

‘मर्मतपछि मैदान निकै राम्रो हुनेछ,’ उनले भने, ‘जिल्लाकै आकर्षक खेल मैदान निर्माणमा कुनै किसिमको कमजोरी हुन दिने छैनौं ।’ मैदानलाई राम्रो बनाउनका लागि काम सुरु भएदेखि दिनहुँ हेरचाह गर्न आउने गरेको कार्कीले बताए । निर्माण हुन थालेको खेलकुद मैदानमा रेखदेख गर्न प्यूठान नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी पनि बरोबर चक्कर लगाउँछन् । ‘खेल मैदानले बिजुवार क्षेत्रकै मुहार बदलेको छ,’ राजभण्डारीले भने, ‘नगरपालिकामार्फत पनि ध्यान पुर्‍याएका छौं ।’

०६२/६३ को जनआन्दोलनपछि जिल्लाका केही खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानका लागि जग्गा जुटाउन पहल भएको थियो । उनीहरूकै पहलमा ०६४ सालदेखि साबिकको जिल्ला विकास समितिमार्फत नियमित बजेटको व्यवस्था भएपछि झन्डै ३६ रोपनी जग्गा खरिद गरेर खेलकुद मैदान बनाउन थालिएको हो । खेलकुद मैदान साबिकको बिजुवार गाविसका नाममा रहेको छ ।

प्रकाशित : श्रावण २१, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?