कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले सडक अवरुद्ध, यात्रुलाई सास्ती

दुर्गालाल केसी

दाङ — दाङका विभिन्न खोलाहरुमा बाढी आउँदा शनिबार लमही–घोराही–तुलसीपुर सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

बाढीले सडक अवरुद्ध, यात्रुलाई सास्ती

बिहानैदेखिको अविरल वर्षाका कारण खोलाहरुमा बाढी आउँदा कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी रामप्रसाद घर्तीले बताए । यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । खोला छेउमा गाडीहरुको लाम लागेको छ ।


लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा बाढी आउँदा वर्षा याममा यात्रा जोखिमपूर्ण हुने गरेको छ । लमही–तुलसीपुर यात्रा गर्न १० वटा खोला पार गर्नुपर्छ । तीन किलोमिटरको फरकमा रहेका खोलाहरुमा पुल छैनन् । बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ । बबई, कटुवा, गुज्रे, पत्रे, संक्राम र ग्वार खोलामा पुल निर्माण थालिए पनि सम्पन्न भएका छैनन् ।


ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण कामले गति लिन सकेको छैन । पुल बनाउने नाममा खोलामा खाल्डो खन्ने र सडक बिगार्ने मात्रै काम भएको यात्रुको गुनासो छ ।


घोराही–तुलसीपुर सडक खण्डको गुज्रे खोलामा बाढी आएपछि रोकिएका यातायातका साधन र अलपत्र यात्रुहरु । तस्बिर : दुर्गालाल केसी


प्रकाशित : श्रावण २६, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?