कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर दुईको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा खोलामा डुबेर दुईजनाको ज्यान गएको छ । ग्वार खोला तर्ने क्रममा बगेर तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँका ४५ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ । 

डुबेर दुईको मृत्यु

तुलसीपुर–१६ जहदागाउस्थित आफन्तको घरबाट फर्कने क्रममा शनिबार राति चौधरी बगेको र आइतबार बिहान मात्रै शव फेला परेको प्रहरीले जनाएको छ ।


यसैगरी तुलसीपुरमै कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर–१६ का ८ वर्षीय अभिषेक चौधरीको स्थानीय कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?