कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयको कब्जामा जग्गा

कान्तिपुर संवाददाता

बर्दिया — १२ भन्दा बढी भारतीय नागरिकले गुलरिया नगरपालिकाको सार्वजनिक जग्गा कब्जा गरेका छन् । गुलरिया नगरपालिका ८ स्थित ११ बिघामध्ये केही सार्वजनिक जग्गा अतिक्रमण गरी उनीहरूले बसोबास बसाएका हुन् ।

भारतीयको कब्जामा जग्गा

जबरजस्ती सार्वजनिक जग्गामा घर–टहरा बनाएर बसिरहेका उनीहरूलाई हटाउने प्रयास पटकपटक भए पनि सफल भएको छैन ।


करिब आठ वर्षदेखि उनीहरू त्यहाँ बस्दै आएका छन् । पटक–पटक जग्गा खाली गर्न उर्दी गरे पनि अटेर गरी बसेको नगरपालिकाले जनाएको छ ।


अतिक्रमण गरी बस्दै आएकामा भारतको आसाम तथा उत्तरप्रदेशबाट आएका व्यक्ति हुन् । करिब दुई वर्षअघि गुलरिया ८ मा केही भारतीयले सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरिरहेको लगत उठाइएको थियो ।


गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले भारतीय नागरिकले जबरजस्ती आफूखुसी घर बनाएकाले तत्काल हटाउन निर्देशन दिइसकेको बताए ।


‘भारतीय नागरिकको हकमा सुकुम्बासी नै भए पनि बसोबासका लागि जग्गा उपलब्ध गराउने प्रावधान छैन,’ उनले भने, ‘नेपालीका हकमा छानबिन गरी उचित व्यवस्था गर्न सर्वपक्षीय बैठकले निर्णय गर्नेछ ।’

प्रकाशित : श्रावण २९, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?